images

२०८३ मंसिर १२ गते

images
images
images
  • विश्व
  • बङ्गलादेशका गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्याला...

बङ्गलादेशका गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्याला ३६ प्रतिशतले वृद्धि

बङ्गलादेशका गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्याला ३६ प्रतिशतले वृद्धि

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौं। बङ्गलादेशमा गार्मेन्ट उद्योगका कामदारले लामो वार्तापछि न्यूनतम मासिक ज्याला ३६ प्रतिशत वृद्धि गर्न सहमति जुटाएका छन् । बुधबार भएको सम्झौताअनुसार कामदारको न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढेर १७ हजार टाका पुगेको छ ।चीनपछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशमा अक्टोबरदेखि कामदारले तलब वृद्धि माग गर्दै व्यापक प्रदर्शन गर्दै आएका थिए । सम्झौतापछि मजदुर प्रतिनिधिहरूले कामदारलाई कारखानामा फर्कन आग्रह गरेका छन् ।मजदुर प्रतिनिधि बाबुल अख्तरले आफूहरू पूर्ण सन्तुष्ट नभए पनि सम्झौता पूर्णतः नराम्रो नभएको बताउनुभयो । उहाँका अनुसार यसअघि प्रत्येक पाँच वर्षमा ज्याला पुनरावलोकन हुने गरेकामा यसपटक तीन वर्षमै वृद्धि भएको छ ।

    images
    images

    कामदारले सुरुमा न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका अर्थात् करिब २४० अमेरिकी डलर पुर्‍याउन माग गरेका थिए । खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवाको बढ्दो खर्च धान्न विद्यमान तलब अपर्याप्त रहेको उनीहरूको भनाइ थियो ।सरकारद्वारा गठित गार्मेन्ट उद्योगको ज्याला बोर्डका अध्यक्ष न्यायाधीश सैयद आजाद सुभानीले बुधबार बिहान भएको मतदानमा बहुमतले १७ हजार टाकाको न्यूनतम ज्याला प्रस्तावलाई समर्थन गरेको जानकारी दिए । नयाँ ज्याला करिब १३९ अमेरिकी डलर बराबर हुनेछ ।बङ्गलादेश गार्मेन्ट उत्पादक तथा निर्यातकर्ता सङ्घका अनुसार विरोध प्रदर्शनका कारण उद्योगले करिब चार करोड २८ लाख अमेरिकी डलर बराबरको नोक्सानी बेहोरेको छ । त्यस्तै, दुई करोड ५४ लाख अमेरिकी डलर बराबरका अर्डर अन्य देशमा सरेका छन् ।

    क्रिसमसको व्यस्त व्यापारिक मौसम नजिकिँदै गर्दा भएको अवरोधले उद्योगलाई थप असर पुर्‍याएको छ ।फ्रुट अफ द लुम र लेवी स्ट्रसजस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डलाई कपडा आपूर्ति गर्ने बङ्गलादेशको गार्मेन्ट उद्योगले वार्षिक करिब तीन हजार ८०० करोड अमेरिकी डलर आम्दानी गर्छ । यस उद्योगले देशको कुल निर्यात आम्दानीको पाँच भागमध्ये चार भाग ओगट्दै आएको छ ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend