अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली लेखक शिव न्यौपानेले सन् २०२७ आफ्नो जीवनको उत्कृष्ट वर्ष हुने विश्वास व्यक्त गरेका छन्। उनले आफ्नो पुस्तक हस्ताक्षर कार्यक्रम (बुक साइनिङ) सम्बन्धी विवरण आगामी महिना सार्वजनिक गर्ने बताएका छन्।
नेपालको विश्वव्यापी परिकार सम्बन्धी पहिलो खाद्य शब्दकोश ‘फलाङ फुड डिक्सनरी’ का लेखक तथा संकलक न्यौपानेले आगामी वर्षलाई विशेष बनाउने योजनासहित पुस्तकसम्बन्धी कार्यक्रमको तयारी गरिरहेका छन्।
उनको पुस्तक तथा लेखकीय परिचयलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘मिट एन्ड ग्रीट द अथर’ कार्यक्रमको प्रचार सामग्रीसमेत सार्वजनिक गरिएको छ। कार्यक्रममा पुस्तक हस्ताक्षरका साथै पाठकसँग प्रत्यक्ष भेटघाट गर्ने अपेक्षा गरिएको छ।
पुस्तक हस्ताक्षर कार्यक्रमको मिति, स्थान र अन्य विस्तृत विवरण भने आगामी महिना घोषणा गरिनेछ।




.gif)





.gif)
