images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीको...

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले  आफ्ना सेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।गत पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले पारित गरेको ३ प्रतिशत बोनस सेयर चैत १४ गतेदेखि सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ।

    images
    images

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते १ दिन बुक क्लोज गरेकोले पुस १५ गतेसम्म यस बैंकको सेयर खरिद गरेका सेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन्।बैंकको उक्त बोनस शेयर चैत १४ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको बैंकले जनाएको छ। 

    साथै, हालसम्म पनि शेयर अभौतिक करण नगरेका सेयरधनीले सो गरेपछि बोनस शेयर स्वतः डिम्याट खातामा पठाइने बैंकले जानकारी दिएको छ। बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend