images

२०८३ मंसिर १३ गते

images
images
images
  • शिक्षा
  • सहमति कार्यान्वयन नभए निर्णायक आन्दोलनमा उत्रिने...

सहमति कार्यान्वयन नभए निर्णायक आन्दोलनमा उत्रिने शिक्षक महासङ्घको चेतावनी

सहमति कार्यान्वयन नभए निर्णायक आन्दोलनमा उत्रिने शिक्षक महासङ्घको चेतावनी

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • काठमाडौँ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै कडा तथा निर्णायक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ।महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले आज आइतबार जारी गरेको विज्ञप्तिमा सरकारले वार्तामा सहमति जनाउने तर कार्यान्वयनमा राज्य जिम्मेवार र इमानदार नहुँदा शिक्षक–कर्मचारी लामो समयदेखि उही माग र पीडामा अल्झिनुपरेको उल्लेख गरिएको छ।

    images
    images

    वर्तमान सरकारले पनि शिक्षक–कर्मचारीका मर्कामा संवेदनशीलता नदेखाएको भन्दै महासङ्घले सरकार तथा शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ। ​विज्ञप्तिमार्फत महासङ्घले निवृत्तिभरण, सेवा सुविधा तथा दरबन्दीसम्बन्धी विभिन्न माग अघि सारेको छ। नयाँ विद्यालय शिक्षा ऐन जारी हुनुअघि स्थायी भएका शिक्षकलाई पुरानो प्रणालीअनुसार निवृत्तिभरण दिनुपर्ने, ऐनपछि स्थायी हुनेलाई योगदानमा आधारित प्रणाली लागू गर्नुपर्ने तथा अस्थायी सेवा अवधि जोडेर निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने माग विज्ञप्तिमा समावेश छ। साथै, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकको दुर्गम–स्थानीय भत्ता कटौती गरिएको र विगतमा खाइपाइ आएको भत्ता बेरुजु देखाई फिर्ता गराउन पत्राचार गरिएको विषयलाई न्यायसङ्गत नभएको भन्दै सच्याउन माग गरिएको छ।

    यस्तै, विद्यालय कर्मचारी र ईसीडी शिक्षकको दरबन्दी सिर्जना गरी पदअनुसार तलब भत्ता उपलब्ध गराउनुपर्ने महासङ्घको माग छ। विगतका सहमति समेटिने गरी अग्रगामी विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न, तेस्रो राष्ट्रिय परिषद्बाट पारित ५४ सूत्रीय माग सम्बोधन गर्न तथा शिक्षा नियमावलीको व्यवस्थाअनुसार पेस भएको महासङ्घको विधान स्वीकृत गर्नसमेत सरकारसँग आग्रह गरिएको छ।

    images
    images

    1122

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend