अछाम, ११ मङ्सिर । अछामको मङ्गलसेन नगरपालिका–३ स्थित शिवनिवास आधारभूत विद्यालयमा परम्परागत सामग्री सङ्कलन गरी लघु सङ्ग्रहालय निर्माण गरिएको छ ।
पुराना तथा परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले विद्यालयमा स्थापना गरिएको सङ्ग्रहालयले स्थानीय कला, संस्कृति, रहनसहन र पुर्खाको जीवनशैलीबारे नयाँ पुस्तालाई जानकारी दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विद्यालय परिसरमा सङ्कलित परम्परागत सामग्रीले विद्यार्थीलाई आफ्नो मौलिक पहिचान, इतिहास र सांस्कृतिक सम्पदाबारे व्यवहारिक रूपमा सिक्ने अवसरसमेत प्रदान गर्नेछ ।




.gif)





.gif)
