images

२०८३ मंसिर १२ गते

images
images
images
  • शिक्षा
  • विद्यालय पाठ्यक्रममा एआई, सूचना प्रविधि र...

विद्यालय पाठ्यक्रममा एआई, सूचना प्रविधि र सीपमूलक शिक्षालाई प्राथमिकता दिइने

विद्यालय पाठ्यक्रममा एआई, सूचना प्रविधि र सीपमूलक शिक्षालाई प्राथमिकता दिइने

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • काठमाडौँ । विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ।‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, राष्ट्रिय मूल्यमा आधारित नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन, भाषा र सूचना प्रविधिको प्रयोग तथा त्यसको नैतिक पक्षलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको हो।राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९८औँ बैठकले गत वैशाख २२ गते गरेको निर्णयअनुसार काठमाडौँ विश्वविद्यालयको शिक्षा सङ्कायका तत्कालीन डीन प्रा डा बालचन्द्र लुइँटेलको संयोजकत्वमा १९ सदस्यीय कार्यदल गठन गरी परिमार्जन प्रक्रिया अघि बढाइएको हो।

    images
    images

     सदस्यसचिव एवं पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा हालसम्मकै व्यापक सरोकारवालाको सहभागिता सुनिश्चित गरिएको बताए। उनका अनुसार विभिन्न माध्यमबाट हालसम्म करिब एक लाख ५० हजार सुझाव प्राप्त भएका छन्। वर्तमान आवश्यकता र भावी पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी पाठ्यक्रम प्रारूप परिमार्जन गरिने उनले बताए।कार्यदलले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम प्रारूप तयार पार्नेछ। परिमार्जित प्रारूप र सुझाव प्रतिवेदनका आधारमा क्रमशः नयाँ पाठ्यक्रम निर्माण तथा तर्जुमा गरिनेछ।परिमार्जनका लागि १२ वटा विषयगत समूह गठन गरी कार्यपत्र तयार पारिएको छ। ती समूहले सरोकारवालासँग छलफल, स्थलगत अध्ययन, वेबसाइट, विद्युतीय माध्यम, पेसागत तथा संस्थागत सङ्घसंस्था र विभिन्न फाराममार्फत सुझाव सङ्कलन गरेका छन्।

    प्रारूप परिमार्जनका क्रममा सङ्घीय शासन प्रणालीमा प्रदेश तथा स्थानीय तहको भूमिका, सामाजिक तथा राजनीतिक परिवर्तन, डिजिटल रूपान्तरण, युवाका आकाङ्क्षा, समावेशिता, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अध्ययनको श्रेयभार, शिक्षण विधि तथा मूल्याङ्कन प्रणालीलाई प्रमुख विषयका रूपमा समेटिएको छ।केन्द्रका अनुसार पाठ्यक्रम प्रारूपको पुनरावलोकन, सरकारका नीतिगत प्रतिबद्धता, विश्वव्यापी शैक्षिक प्रवृत्ति, अनुसन्धान तथा प्रमाण, वर्तमान अवस्थाको विश्लेषण र सरोकारवालासँगको व्यापक परामर्शलाई परिमार्जनको आधार बनाइएको छ।शिक्षाविद्हरूसँगको छलफलमा व्यावहारिक तथा रोजगारीमुखी शिक्षा, पाठ्यभार र विषयवस्तुको दोहोरोपन हटाउने, डिजिटल साक्षरता तथा कृत्रिम बौद्धिकता, मूल्याङ्कन प्रणालीमा सुधार, शिक्षक सहायता प्रणाली, पेसागत मार्गदर्शन, व्यावसायिक शिक्षा तथा नैतिक र मूल्यमा आधारित शिक्षालाई प्राथमिकता दिन सुझाव प्राप्त भएका छन्।

    images
    images

    त्यसैगरी, विद्यालय तहदेखि नै खेलकुदलाई शिक्षाको अभिन्न अङ्ग बनाउने, विद्यार्थी परामर्श तथा कल्याण र शिक्षकको तयारी तथा व्यावसायिक विकासलाई पनि पाठ्यक्रम सुधारका महत्वपूर्ण पक्षका रूपमा औँल्याइएको छ।शैक्षिक क्षेत्रका जानकार वासुदेव काफ्लेले मूल्याङ्कन प्रणालीलाई वास्तविक सिकाइमा आधारित, समावेशी, बहुविधियुक्त र तनावमुक्त बनाउनुपर्ने सुझाव दिनुभयो। शिक्षकप्रति विश्वास गर्ने मूल्याङ्कन प्रणाली विकास गर्नुका साथै शिक्षक तयारी र सहयोग प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend