images

२०८३ मंसिर १२ गते

images
images
images
  • शिक्षा
  • नास्टका कर्मचारी आन्दोलनमा, अध्यादेश खारेजीदेखि मन्त्री...

नास्टका कर्मचारी आन्दोलनमा, अध्यादेश खारेजीदेखि मन्त्री महावीर पुनको राजीनामासम्म १२ बुँदे माग

नास्टका कर्मचारी आन्दोलनमा, अध्यादेश खारेजीदेखि मन्त्री महावीर पुनको राजीनामासम्म १२ बुँदे माग

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । ​नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू विरोधका कार्यक्रममा उत्रिएका छन् । सरोकारवालाहरूसँग छलफल नगरी तथा सुझाव बेवास्ता गरी जबरजस्ती ल्याइएको  ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।सुधारका नाममा विद्यमान संस्था कमजोर पार्ने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्ति पलायन गराउने कदम अस्वीकार्य रहेको नास्ट परिवारले जनाएको छ । 

    images
    images

    ​आन्दोलनरत कर्मचारीहरूले १२ बुँदे माग अघि सारेका छन् । उनीहरूले अध्यादेश र नियमावली तुरुन्त खारेज गर्नुपर्ने, तिनका नाममा भइरहेको मनोमानी तथा नवनियुक्त समिति सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्ने काम बन्द गरिनुपर्ने माग गरेका छन् ।साथै, संस्थामा मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप रोक्नुपर्ने, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउनुपर्ने, सक्षम नेतृत्व खुला विज्ञापन र प्रतिस्पर्धाबाट चयन गरिनुपर्ने तथा साबिकको ऐनअन्तर्गत नियुक्त सम्पूर्ण कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गरिनुपर्ने माग पनि समावेश छ । ​कर्मचारीहरूले धम्क्याउने, थर्काउने र मनोबल गिराउने प्रवृत्ति अन्त्य गरी विश्वासमा लिएर सहकार्य गर्नुपर्ने बताएका छन् । देशभित्रका दक्ष जनशक्तिलाई बिदेसिन बाध्य नपारी स्वदेशी प्रतिभालाई सम्मान र अवसर दिनुपर्ने, नयाँ संरचनामा अनावश्यक खर्च गर्नुको सट्टा नास्टका प्रयोगशाला सबल बनाई अनुसन्धान बजेट बढाउनुपर्ने, संस्थाको स्वायत्तता सुनिश्चित गर्दै निर्धक्क अनुसन्धान गर्ने वातावरण बनाउनुपर्ने तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिई तुरुन्त राजीनामा दिनुपर्ने माग राख्दै ‘विज्ञान बचाऔँ, वैज्ञानिक जोगाऔँ, देश बनाऔँ’ नारासहित माग पूरा नभएसम्म विरोध जारी रहने जनाइएको छ ।

    926321953_1178664967914044_3384253458816543186_n

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend