images

२०८३ मंसिर १३ गते

images
images
images
  • शिक्षा
  • अस्ट्रेलियाको भिसा शुल्क वृद्धिमाथि शिव न्यौपानेको...
अर्थसमाचार संवाददाता

अस्ट्रेलियाको भिसा शुल्क वृद्धिमाथि शिव न्यौपानेको प्रश्न ?

अस्ट्रेलियाको भिसा शुल्क वृद्धिमाथि शिव न्यौपानेको प्रश्न ?

निजी क्षेत्रलाई नियमन, सरकारलाई छुट किन ?

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • काठमाडौँ । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी तथा अस्थायी आवासीय (टेम्पोररी रेसिडेन्सी) भिसाको आवेदन शुल्कमा गरेको भारी वृद्धिमाथि नेपाली लेखक तथा अर्थसमाचारका संवाददाता शिव न्यौपानेले प्रश्न उठाएका छन्।

    images
    images

    अस्ट्रेलियामा बसोबास गर्दै आएका न्यौपानेले पछिल्लो तीन वर्षमा विद्यार्थी भिसा आवेदन शुल्क ४०० प्रतिशतभन्दा बढी र अस्थायी आवासीय भिसा शुल्क २०० प्रतिशतभन्दा बढी वृद्धि भएको दाबी गर्दै सरकारी निर्णयको पारदर्शिता र जवाफदेहिता माथि प्रश्न गरेका हुन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अन्तर्राष्ट्रिय विद्यार्थीले महँगो शैक्षिक शुल्क, आवास, स्वास्थ्य बिमा र दैनिक जीवनयापनको खर्च बेहोर्नुपरेको अवस्थामा भिसा शुल्क वृद्धिले थप आर्थिक भार सिर्जना गरेको बताएका छन्।

    images
    images

    उनले भिसा शुल्कमा यति ठूलो वृद्धि गर्नुको आर्थिक तथा प्रशासनिक आधार सरकारले सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। शुल्क वृद्धिलाई उचित ठहर गर्ने आधार भए त्यसको स्पष्ट र तथ्यपरक जवाफ दिनुपर्ने उनको भनाइ छ।

    न्यौपानेले व्यङ्ग्यात्मक रूपमा भिसा शुल्क ४०० प्रतिशतभन्दा बढी बढ्दा भिसा निर्णय गर्ने अधिकारीहरूको पारिश्रमिक पनि सोही अनुपातमा बढेको हो कि होइन भन्दै प्रश्न गरेका छन्।

    उनले निजी क्षेत्रले अस्वाभाविक रूपमा मूल्य तथा सेवा शुल्क बढाउँदा सरकारले नियमन र कारबाही गर्न सक्ने तर आफ्नै सेवा शुल्क बढाउँदा सरकारको जवाफदेहिता कसले खोज्ने भन्ने प्रश्नसमेत उठाएका छन्।

    अन्तर्राष्ट्रिय विद्यार्थी तथा अस्थायी आप्रवासीले अस्ट्रेलियाको अर्थतन्त्र, श्रम बजार र समाजमा योगदान पुर्‍याइरहेको उल्लेख गर्दै उनले भिसा प्रणाली पारदर्शी, न्यायोचित र समानुपातिक हुनुपर्नेमा जोड दिएका छन्।

    न्यौपाने नेपालको पहिलो विश्वव्यापी परिकारसम्बन्धी शब्दकोश फलाङ फुड डिक्सनरीका लेखक तथा संकलक समेत हुन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend