images

२०८३ कार्तिक ४ गते

images
images
images

पैसा धेरै भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक

पैसा धेरै भएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूमा भएको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बोलकबोलको माध्यमबाट राष्ट्र बैंकले उक्त रकम निक्षेप उपकरणको प्रयोग गरी उठाउने भएको हो । 

    images
    images

    यसका लागि बैंक तथा वित्तीय संस्थाहरूको आज दिउँसो २ बजेसम्म बोलकबोल गर्नुपर्नेछ ।

     यसमा भाग लिन घटीमा रु १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुनेछन् । 

    images
    images

    यसको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि उठाउने उक्त रकमको साँवा तथा ब्याज भुक्तानी मंसिर २६ गते हुनेछ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend