images

२०८३ कार्तिक ४ गते

images
images
images
  • विश्व
  • सलमान खानलाई फेरि धम्की, टाइगर श्राफको...

सलमान खानलाई फेरि धम्की, टाइगर श्राफको कारमा गोली चलेपछि सुरक्षा सतर्कता

सलमान खानलाई फेरि धम्की, टाइगर श्राफको कारमा गोली चलेपछि सुरक्षा सतर्कता

images
images
मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  • काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ सवार कारमा गोली चलेको घटनापछि अभिनेता सलमान खानलाई धम्की दिइएको भनिएको अर्को अडियो सार्वजनिक भएको छ। घटनाक्रमपछि अभिनेत्री दिशा पटानीको बरेलीस्थित घरको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।

    images
    images

    भारतीय सञ्चारमाध्यमका अनुसार सार्वजनिक अडियोमा अनिल पण्डित नामका व्यक्तिले आफूसँग ७० हजार शूटर रहेको दाबी गर्दै सलमान खानलाई जेलमा रहेका लरेन्स बिश्नोई र बिश्नोई समुदायसँग माफी माग्न चेतावनी दिएका छन्। माफी नमागे सलमानका नजिकका मानिसहरूलाई निशाना बनाउने र उनको जीवन कठिन बनाउने धम्कीसमेत अडियोमा सुनिएको बताइएको छ।

    अडियोमा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर पनि आरोप लगाइएको छ। यसअघि पनि सलमानलाई लक्षित गरी धम्की दिइएको भनिएको अर्को अडियो सार्वजनिक भएको थियो। यद्यपि, पछिल्लो अडियोको सत्यता र त्यसमा गरिएका दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

    images
    images

    यसैबीच, आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा टाइगर श्राफ सवार बीएमडब्ल्यू कारमा मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएको आरोप छ। घटनामा टाइगरलाई चोट नलागे पनि उनका चालक र अर्का एक व्यक्ति घाइते भएको समाचारमा उल्लेख छ।

    घटनामा संलग्न भएको आशंकामा एक नाबालिगसहित तीन जनालाई राजस्थानको कोटा रेलवे स्टेसनबाट पक्राउ गरिएको छ। प्रहरीका अनुसार उनीहरू दिल्ली हुँदै नेपाल भाग्ने प्रयासमा थिए। पक्राउ परेकामध्ये एक जना अनिल पण्डितको सम्पर्कमा रहेको बताइएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई मुम्बई प्रहरीको जिम्मा लगाइएको छ।

    घटनापछि उत्तर प्रदेशको बरेलीस्थित अभिनेत्री दिशा पटानीको घरमा पनि सुरक्षा सतर्कता बढाइएको छ। सोमबार डीएसपी आशुतोष शिवम र कोतवालीका प्रहरी निरीक्षक राजीव कुमारले घरको सुरक्षा व्यवस्थाको निरीक्षण गरेका थिए। उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई सतर्क रहन र आसपासका गतिविधिमा निगरानी बढाउन निर्देशन दिएका छन्।

    दिशाको घरमा यसअघि नै एक हेड कन्स्टेबल र तीन कन्स्टेबल खटिएका थिए। गत वर्ष सेप्टेम्बर ११ र १२ मा पनि उनको बरेलीस्थित घरमा गोली चलेको थियो। उक्त घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने दुई जना संदिग्ध पक्राउ परेका थिए।

    हाल दिशाका बुबा जगदीश सिंह पटानी र बहिनी खुश्बु पटानी उक्त घरमा बस्दै आएका छन्। प्रहरीले परिवारको सुरक्षामा निरन्तर निगरानी राखिरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend