images

२०८३ कार्तिक ४ गते

images
images
images
  • स्वास्थ्य
  • दसैँमा पनि बीएण्डसी अस्पतालको उपचार सेवा...

दसैँमा पनि बीएण्डसी अस्पतालको उपचार सेवा निरन्तर, विशेषज्ञ चिकित्सक उपलब्ध हुने

दसैँमा पनि बीएण्डसी अस्पतालको उपचार सेवा निरन्तर, विशेषज्ञ चिकित्सक उपलब्ध हुने

images
images
मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  • बिर्तामोड । दसैँको समयमा सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज तथा टिचिङ अस्पतालले चार दिन उपचार सेवा निरन्तर सञ्चालन गर्ने भएको छ।

    images
    images

    अस्पतालले कात्तिक २ गतेदेखि ५ गतेसम्म अर्थात् अष्टमीदेखि एकादशीसम्म आकस्मिक कक्षमार्फत विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा उपलब्ध गराउने भएको हो।

    अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीका अनुसार चाडपर्वका समयमा पनि बिरामीले सहज रूपमा उपचार सेवा पाऊन् भन्ने उद्देश्यले सार्वजनिक बिदाका दिनमा समेत अस्पताल सञ्चालनमा राख्न लागिएको हो। उक्त अवधिमा आकस्मिक सेवासँगै रेडियोलोजी, प्रयोगशाला तथा अन्तरङ्ग सेवा पनि नियमित रूपमा सञ्चालन हुनेछन्।

    images
    images

    दुर्घटना र आकस्मिक स्वास्थ्य समस्यालाई लक्षित गरी तयारी

    चाडपर्वका समयमा सवारी दुर्घटनाबाट हुने चोटपटक, हृदयाघात, खाना अपच, झाडापखाला लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सक सहितको उपचार व्यवस्था मिलाइएको गिरीले जानकारी दिए।

    दसैँको बिदामा अस्पताल बन्द हुने आशंकाले बिरामी उपचारबाट वञ्चित हुने वा अन्योलमा पर्ने अवस्थाको अन्त्य गर्न सेवा सञ्चालनबारे जानकारी गराइएको उनको भनाइ छ।

    आकस्मिक कक्ष थप व्यवस्थित गरिने

    अस्पतालका अन्य नियमित सेवाहरू बन्द वा सीमित हुन सक्ने भए पनि बिरामीलाई उपचारमा असहज नहोस् भनेर आकस्मिक कक्षलाई थप व्यवस्थित र चुस्त बनाइएको गिरीले बताए।

    उनका अनुसार आकस्मिक कक्षमा थप डेस्कको व्यवस्था गरी ओपीडीमार्फत सेवा लिनुपर्ने बिरामीलाई समेत उपचार उपलब्ध गराइनेछ।

    दसैँको उल्लाससँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै अस्पतालले बिदाका दिनमा समेत उपचार सेवा निरन्तर राख्ने तयारी गरेको जनाएको छ। यसबाट चाडपर्वका समयमा आकस्मिक स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै उपचार प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend