images

२०८३ कार्तिक ४ गते

images
images
images
  • पूर्वाधार
  • आरुघाट पुलमा बेलिब्रिज जडान, यातायात सञ्चालनको...

आरुघाट पुलमा बेलिब्रिज जडान, यातायात सञ्चालनको तयारी

आरुघाट पुलमा बेलिब्रिज जडान, यातायात सञ्चालनको तयारी

images
images
मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  • काठमाडौं । बुढीगण्डकी नदीको बाढीले क्षति पुर्‍याएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ। बेलिब्रिज निर्माण सम्पन्न भएसँगै अवरुद्ध सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।

    images
    images

    बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो। पुलमा क्षति पुगेपछि स्थानीय बासिन्दा तथा यात्रुले आवतजावतमा समस्या भोग्दै आएका थिए।

    यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो।

    images
    images

    बेलिब्रिज निर्माण सम्पन्न भएसँगै दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ। त्यस्तै, कार्तिक ०३  गते मंगलवार चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।

    बेलिब्रिज जडानसँगै गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः सहज हुने र स्थानीय बासिन्दा तथा यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend