images

२०८३ कार्तिक ३ गते

images
images
images
  • विश्व
  • ट्रम्पका नीतिविरुद्ध अमेरिकाभर ‘नो किंग्स’ प्रदर्शन,...

ट्रम्पका नीतिविरुद्ध अमेरिकाभर ‘नो किंग्स’ प्रदर्शन, मतदानमा सहभागी हुन आह्वान

ट्रम्पका नीतिविरुद्ध अमेरिकाभर ‘नो किंग्स’ प्रदर्शन, मतदानमा सहभागी हुन आह्वान

images
images
सोमवार, कार्तिक ३ २०८३
सोमवार, कार्तिक ३ २०८३
  • अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीति तथा नेतृत्वविरुद्ध अमेरिकाका विभिन्न सहरमा शनिबार ‘नो किंग्स’ प्रदर्शन भएका छन् । आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै आयोजित प्रदर्शनमा सहभागीले नागरिकलाई मतदानमा सक्रिय रूपमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् ।

    images
    images

    वासिङ्टन डिसी, न्युयोर्क, एटलान्टा र लस एन्जलस लगायत सहरमा प्रदर्शन तथा विभिन्न कार्यक्रम आयोजना गरिएका थिए । यसपटकको अभियानमा ट्रम्प प्रशासनका नीति र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नुका साथै मतदाता सहभागिता बढाउने विषयलाई प्राथमिकता दिइएको थियो ।

    आयोजकहरूले नागरिकलाई मतदाता दर्ताको अवस्था जाँच गर्न, प्रारम्भिक मतदानको सुविधा उपयोग गर्न र मतदान प्रक्रियाबारे जानकारी लिन आग्रह गरेका छन् ।

    images
    images

    वासिङ्टनस्थित लिंकन मेमोरियलमा भेला भएका प्रदर्शनकारीले ‘चाँडै मतदान गर्नुहोस्’ र ‘मेरो मतमाथि हस्तक्षेप नगर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । चिसो मौसमका बाबजुद सहभागीहरूले संगीत तथा विभिन्न कार्यक्रममार्फत मतदानको सन्देश फैलाएका थिए ।

    एटलान्टामा आयोजित कार्यक्रममा नगर परिषद् सदस्य माइकल जुलियन बन्डले मतदानको महत्त्वबारे बोलेका थिए । उनले संविधानले नागरिकलाई दिएको शक्तिका रूपमा मतदानको उल्लेख गर्दै सहभागीलाई त्यसको उपयोग गर्न आग्रह गरेका थिए ।

    उनले मतदानलाई नागरिकको अधिकार र जिम्मेवारी दुवैका रूपमा लिनुपर्ने बताउँदै आफू मतदान गर्न र अरूलाई पनि निर्वाचनमा सहभागी हुन प्रेरित गर्न आह्वान गरेका थिए ।

    नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा अमेरिकी कंग्रेसका दुवै सदनमा कुन दलको प्रभाव कायम हुन्छ भन्ने विषय महत्त्वपूर्ण बनेको छ । जीवनयापनको बढ्दो लागत, अर्थतन्त्र, आप्रवासन नीति तथा इरानसँगको युद्धलाई लिएर ट्रम्प प्रशासनको आलोचना भइरहेका बेला निर्वाचन हुन लागेको हो ।

    ‘नो किंग्स’ अभियानमा सहभागीहरूले सरकारको शक्ति र राष्ट्रपतिको अधिकारमाथि प्रभावकारी निगरानी आवश्यक रहेको बताएका छन् । आयोजकहरूले अभियानलाई गैरदलीय नागरिक सहभागिताका रूपमा प्रस्तुत गर्दै बढीभन्दा बढी मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने लक्ष्य राखेका छन् ।

    यसैबीच, अमेरिकामा हुलाकमार्फत मतदान गर्ने प्रक्रियालाई लिएर विवाद चर्किएको छ । ट्रम्पले लामो समयदेखि हुलाक मतदानप्रति शंका व्यक्त गर्दै आएका छन् । उनको प्रशासनले क्यालिफोर्नियामा संघीय सरकारले सम्भावित गैरनागरिक मतदाता ठानेका व्यक्तिका हुलाकबाट प्राप्त मतपत्र गणना रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

    अमेरिकी न्याय मन्त्रालयले पनि शंकास्पद गैरनागरिक मतदाताका मतपत्र प्रशोधन गर्ने अधिकारीमाथि अनुसन्धान हुन सक्ने चेतावनी दिएको छ । यसप्रति डेमोक्रेटिक पार्टीका केही सिनेटरले निर्वाचनअघि मतपत्र वा निर्वाचन सामग्री नियन्त्रणमा नलिन सरकारसँग आग्रह गरेका छन् ।

    ‘नो किंग्स’ अभियान अन्तर्गत आयोजित कार्यक्रमले मताधिकारको सुरक्षा, नागरिक सहभागिता र निर्वाचन प्रक्रियामा जनताको सक्रिय भूमिकालाई जोड दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend