images

२०८३ आश्विन ३० गते

images
images
images

एयरबसलाई ७५ विमानको अर्डर

एयरबसलाई ७५ विमानको अर्डर

images
images
शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • पेरिस, ३० असोज । युरोपेली विमान निर्माता कम्पनी एयरबसले विमान भाडामा उपलब्ध गराउने कम्पनी एभिएसन क्यापिटल ग्रुप (एसीजी) बाट ७५ वटा ए३२०नियो विमान निर्माणको अर्डर प्राप्त गरेको छ । इन्धन कम खपत गर्ने विमानको माग बढिरहेका बेला एसीजीले आफ्नो विमान सङ्ख्या विस्तार गर्न यो अर्डर दिएको हो ।

    images
    images

    एयरबसका अनुसार यो अर्डरसँगै एसीजीको एयरबस विमान सङ्ख्या १९० पुग्नेछ । एसीजीले यसअघि यसै वर्ष ५० वटा बोइङ ७३७ म्याक्स विमानको अर्डर दिएको थियो ।

    एसीजीका प्रमुख कार्यकारी थोमस बेकरले कम्पनीको करिब ४० वर्षको इतिहासमै सबैभन्दा ठूलो अर्डर दिनु हवाई यात्राको दीर्घकालीन भविष्यप्रतिको विश्वासको सङ्केत भएको बताएका छन् ।

    images
    images

    एसीजीको मूल कम्पनी जापानी विमान भाडा कम्पनी टोकियो सेन्चुरीका अनुसार ७५ वटा विमानको सूची मूल्य करिब १२ अर्ब अमेरिकी डलर छ । यद्यपि, विमान निर्माता कम्पनीहरूले ठूलो सङ्ख्यामा अर्डर गर्दा सामान्यतया छुट दिने भएकाले वास्तविक खरिद मूल्य सूची मूल्यभन्दा कम हुन सक्छ ।

    एयरबसको ए३२०नियो विमान अघिल्लो ए३२० मोडलको तुलनामा २० प्रतिशत बढी इन्धन किफायती छ । एकल गल्ली भएको यो विमान विश्वका लोकप्रिय यात्रुवाहक विमानमध्ये एक हो ।

    विश्वव्यापी यात्रु आवागमन बढ्दै गएको र वायुसेवा कम्पनीहरूले पुराना विमानलाई नयाँ पुस्ताका विमानले प्रतिस्थापन गर्ने क्रम तीव्र बनाएको अवस्थामा विमान भाडामा लिने माग पनि बढ्ने अपेक्षा गरिएको टोकियो सेन्चुरीले जनाएको छ ।तस्वीरःनेपालबहस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend