images

२०८३ आश्विन २७ गते

images
images
images
  • विश्व
  • रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा...

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

images
images
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • मस्को, २७ असोज । युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् ।

    images
    images

    रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार उक्त अवधिमा युरोपेली सङ्घ (इयु) का देशहरूमा सो मूल्यको ऊर्जा आपूर्ति गरिएको बताएका छन् । उहाँका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै २१ अर्ब ३० करोड डलरको रुसी हाइड्रोकार्बन खरिद भएको छ । उनले प्रतिबन्धका बाबजुद केही क्षेत्रमा प्राप्त छुटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रुसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने बताएका छन् ।

    स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनरगार्डले भने रुसबाट ऊर्जा आयातमा भएको खर्च युक्रेनलाई उपलब्ध गराइएको सहयोगभन्दा बढी रहेको बताउनुभयो । युक्रेनमा युद्ध सुरु भएदेखि युरोपेली सङ्घ (इयु) ले २१८ अर्ब ७० करोड युरो अर्थात् २४४ अर्ब डलर सहयोग दिएको उनले उल्लेख गरेका छन् । रोक्का गरिएका रुसी सम्पत्ति प्रयोग गर्न सके युक्रेनलाई दिइएको सहयोग झन्डै दोब्बर बनाउन सकिने उनको भनाइ थियो ।

    images
    images

    युरोपेली सङ्घ (इयु) ले रुसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्सलगायतका देशले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयात गरिरहेका छन् । स्लोभाकिया र हङ्गेरीले पाइपलाइनबाट आउने रुसी तेल खरिदमा छुट पाएका छन् । भारत र टर्कीजस्ता देशमा प्रशोधन गरी युरोप पुर्‍याइने रुसी उत्पादन भने प्रत्यक्ष आयातको आँकडामा समावेश छैन । यी देश र चीनले सन् २०२२ देखि रुसी कच्चा तेलको खरिद बढाएका छन् ।

    यसैबीच, रुसी डिजेल आयात गर्न अमेरिकालाई अनुमति दिने सम्झौताको युरोपेली देशहरूले आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युरोपेली सङ्घ (इयु) ले रुसलाई ऊर्जा खरिदबापत २५० अर्ब डलर तिरेको दाबी गर्दै आफ्नो निर्णयको बचाउ गरेका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि रुसी डिजेल खरिदसम्बन्धी अमेरिकी सम्झौताको आलोचना गर्ने युरोपेली देशहरूले नै रुसबाट ऊर्जा आयात जारी राखेको भन्दै उनीहरूको व्यवहारलाई पाखण्डको संज्ञा दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend