images

२०८३ आश्विन २७ गते

images
images
images

नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

images
images
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ, २७ असोज । आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज जारी खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।

    images
    images

    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको दिए । उनले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ६१ रन बनाएका हुन् । 

    त्यस्तै करण केसीले १६ बलमा ४० रन बनाए भने अर्जुन कुमालले पनि समान ४० रन नै बनाए ।  बसिर अहमद र इशान पाण्डेले समान ३७–३७ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

    images
    images

    बलिङतर्फ ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले  समान दुई–दुई विकेट लिए । त्यस्तै हस्नेन शाहले एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

    ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनीस्ट्री टर्फ–१ मा खेल भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend