images

२०८३ आश्विन २७ गते

images
images
images
  • स्वास्थ्य
  • किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म...

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

images
images
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ, २७ असोज । किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई  तीन सातासम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ । 

    images
    images

    ललितपुरको  किष्ट शिक्षण अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसरमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान ‘पिङ्क अक्टोबर’ का सन्दर्भमा तीन हप्ताका लागि उक्त सेवा घोषणा गरिएको अस्पताका प्रबन्ध निर्देशक डा अभिषेक थापाले जानकारी दिएका छन् ।

    बिरामीले असोज २६ देखि कात्तिक १४ सम्म निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन् । आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा सहज पहुँच नपुगेका बिरामीलाई लक्षित गरी उक्त सेवा प्रदान गर्न लागिएको हो ।  

    images
    images

    निर्देशक डा थापाले ‘प्यालिएटिभ केयर’ सेवाको मुख्य उद्देश्य बिरामीको पीडा कम गर्नु, जीवनको गुणस्तर सुधार गर्नु तथा बिरामी र तिनका परिवारलाई आवश्यक साथ र सहयोग प्रदान गर्नु रहेको बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend