images

२०८३ आश्विन २७ गते

images
images
images

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

images
images
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ २७ असोज । सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरिएको छ । 

    images
    images

    सशस्त्र प्रहरी परिवार महिला सङ्घले भोटेकोशी बाढीबाट प्राभावितलाई उक्त राहत रकम हस्तान्तरण गरेको हो । उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सङ्घकी अध्यक्ष सावित्राकुमारी पौडेलले हस्तान्तरण गरिन ।

    बाढीमा बहालवाला सशस्त्र प्रहरी कर्मचारी १३ र अवकाशप्राप्त सशस्त्र प्रहरी एक गरी १४ जना बेपत्ता भएका थिए भने एक जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए ।

    images
    images

    त्यस्तै दुई जना सशस्त्र प्रहरी कर्मचारीहरूको परिवार बेपत्ता भएका छन् । बेपत्ता बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई रु २५ हजारका दरले तथा परिवार बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई रु १० हजारका दरले र घाइते भएका अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत रु १० हजार उपलब्ध गराइएको छ ।

    सङ्घकी अध्यक्ष श्रीमती पौडेलले बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी सहायक हवल्दार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरको परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्तीमगर र परिवार बेपत्ता भएका दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई उक्त रकम हस्तान्तरण गरेका छन् । बेपत्ता भएका बाँकी सशस्त्र प्रहरी कर्मचारीको परिवारजनसँग भेट गरी उक्त रकम प्रदान गरिनेछ ।

    उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्नका लागि रु ५० हजार ५५५ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend