images

२०८३ आश्विन २७ गते

images
images
images
  • विश्व
  • अर्थमन्त्री स्वर्णिम वाग्ले विश्व बैंक र...

अर्थमन्त्री स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

अर्थमन्त्री स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

images
images
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै छन्।

    images
    images

    निर्धारित कार्यक्रमअनुसार अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत बैंकक जानेछन्।

    विश्वभरका अर्थमन्त्री तथा आर्थिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। ती भेटघाट तथा छलफलमा नेपालको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य र विकासका विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

    images
    images

    अर्थ मन्त्रालयको टोली पनि सहभागी हुने

    अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख तथा सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जाने कार्यक्रम रहेको छ।

    विश्व बैंक समूह र आईएमएफको वार्षिक बैठकलाई विश्व अर्थतन्त्र, वित्तीय स्थायित्व, विकास सहायता तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विषयमा छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ। बैठकमा विभिन्न देशका प्रतिनिधिहरूले आर्थिक चुनौती, विकासका प्राथमिकता र सम्भावित सहकार्यका विषयमा छलफल गर्नेछन्।

    कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम

    अर्थमन्त्री वाग्ले बैठक तथा अन्य निर्धारित छलफलमा सहभागी भएपछि कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

    यस भ्रमणका क्रममा हुने द्विपक्षीय तथा बहुपक्षीय भेटघाटले नेपालका आर्थिक प्राथमिकता र अन्तर्राष्ट्रिय साझेदारीका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend