images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा...

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

images
images
शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • काठमाडौं, ३० असोज । विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । 

    images
    images

    चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवार लालपुर्जा पाएसँग जग्गाधनी बनेका छन् । सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुमवासी र १ भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन् । 

    images
    images

    त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

    यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुमवासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।

    लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि ५७ परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन् । 

    सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण कार्यलाई अघि बढाएको छ । 

    मन्त्री रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend