images

२०८३ आश्विन ३० गते

images
images
images

नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ

नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ

images
images
शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • काठमाडौँ, ३० असोज । सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका छन् । छयालिसौँ विश्व खाद्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि विज्ञहरुले सो धारणा राखेका हुन् । 

    images
    images

    उनीहरुले व्यावसायिक खेती, नवप्रवर्तन र नयाँ प्रविधिको प्रयोगबाट किसानको समृद्धि सम्भव हुने दावी गरेका छन् । कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले सरकारले कृषिको आधुनिकीकरण, कृषि बिमा, मलमा अनुदान र डिजिटल कृषिलाई प्राथमिकतामा राखेको बताएका छन् ।

    उनले कृषिमा नवप्रवर्तन, प्रविधिको प्रयोग, बजारसँगको पहुँच र मूल्यको उचित विश्लेषणले किसानको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

    images
    images

    कार्यक्रममा मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले खाद्य उपभोगमा विविधता बढे पनि कुपोषण, खाद्य असुरक्षा र अस्वस्थकर खानपानको समस्या कायम रहेको बताएका छन् ।

    उनले जलवायु परिवर्तन, खेतीयोग्य जमिनको क्षयीकरण, कृषि उत्पादन लागतमा वृद्धि र खाद्य आपूर्ति शृङ्खलामा आउने अवरोध नेपालको खाद्य तथा पोषण सुरक्षाका प्रमुख चुनौती बनेको बताएका छन् ।

    उनले जलवायु परिवर्तनलाई कृषि र खाद्य सुरक्षाको भविष्यमा प्रभाव पार्ने प्रमुख चुनौतीका रूपमा चित्रण गरेका छन् । 

    सहसचिव श्रेष्ठले प्रतिहेक्टर वार्षिक ८७ टन माटो बगेर जाने गरेको उल्लेख गर्दै माटो संरक्षणलाई खाद्य सुरक्षा र दिगो कृषिको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

    त्यसैगरी खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले व्यावसायिक कृषि तथा उत्पादन वृद्धिका लागि खेतीयोग्य जमिनको खण्डिकरण रोक्नुपर्ने बताएका छन् । 

    कार्यक्रममा भोजपुरका सङ्गीता श्रेष्ठ प्रधान, सिरहाका हरिदेवी चौधरी, काभ्रेपलाञ्चोकका लक्ष्मी मुडभरी, लमजुङका केशकुमारी गुरुङ, गुल्मीका मिना ताम्राकार, दैलेखका कल्पनाकुमारी थापा भण्डारी र कैलालीका अमृता डगौरा तथा राससका सहसमाचारदाता भीष्मराज ओझालाई कदरपत्र तथा नगदसहित सम्मान गरिएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend