images

२०८३ आश्विन २९ गते

images
images
images
  • विश्व
  • विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत...

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

images
images
बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • माले, २८ असोज माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको छ। संशोधित व्यवस्थाअनुसार निर्माण, घरजग्गा, लेखापरीक्षण र सूचना प्रविधिसम्बन्धी निश्चित क्षेत्रमा विदेशी लगानीका लागि कम्तीमा २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य गरिएको छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन्।

    images
    images

    आर्थिक विकास, यातायात तथा व्यापारमन्त्री मोहम्मद सइदका अनुसार १५ मिलियन अमेरिकी डलरभन्दा कम मूल्यका निर्माण परियोजना र १०० मिलियन डलरभन्दा कम मूल्यका घरजग्गा परियोजनामा विदेशी लगानी गर्न माल्दिभियन नागरिकको कम्तीमा २५ प्रतिशत हिस्सेदारी हुनुपर्नेछ। लेखापरीक्षण र सूचना प्रविधि सेवामा पनि यही नियम लागू हुनेछ।

    त्यस्तै, १०० मिलियन डलरभन्दा कम मूल्यका आवासीय घरजग्गा परियोजना तथा सामान्य समुद्री यातायात सेवाका केही गतिविधि माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन्।

    images
    images

    सन् २०२४ मा लागू भएको विदेशी लगानी ऐनअनुसार ल्याइएको नयाँ व्यवस्थाले करिब १५० विदेशी लगानीमा सञ्चालित व्यवसायलाई समेट्ने मन्त्री सइदले बताएका छन्।

    उनका अनुसार स्थानीय नागरिकका लागि मात्र सुरक्षित गरिएका क्षेत्रमा सञ्चालनमा रहेका २९ विदेशी लगानीका व्यवसाय बन्द भइसकेका छन् भने १७ विदेशी लगानीकर्ताले नयाँ आवश्यकता पूरा गर्न आवेदन दिएका छन्।

    नयाँ नीतिले थोक तथा खुद्रा व्यापार, लजिस्टिक सेवा तथा माल्दिभ्समा सञ्चालित वायुसेवा कम्पनीका यात्रु र कार्गो बिक्री एजेन्सीलाई समेत समेटेको छ । थोक तथा खुद्रा व्यापारमा सङ्लग्न १७ व्यवसायले स्थानीय सेयरधनीलाई सहभागी गराउन इच्छा देखाएको मन्त्री सइदले जानकारी दिएका छन्।

    नयाँ नियम लागू भएका क्षेत्रमा कार्यरत विदेशी लगानीकर्तालाई व्यवसाय पुनसंरचना गर्न वा सम्बन्धित गतिविधिबाट बाहिरिन समय दिइनेछ। केही क्षेत्रमा भने माल्दिभियन साझेदारसँगको संयुक्त लगानी र साझेदारीको अवसर कायम रहनेछ।

    आर्थिक मन्त्रालयका अनुसार नयाँ व्यवस्थाको उद्देश्य स्थानीय व्यवसायका लागि अवसर विस्तार गर्नु र आर्थिक विकासमा अन्तरराष्ट्रिय विशेषज्ञताको योगदान लिन सकिने क्षेत्रमा विदेशी लगानीलाई निरन्तरता दिनु हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend