images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • काठमाडौं उपत्यकामा एकै दिन ६५८ सवारीसाधनमाथि...

काठमाडौं उपत्यकामा एकै दिन ६५८ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं उपत्यकामा एकै दिन ६५८ सवारीसाधनमाथि ट्राफिक कारबाही

images
images
बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५८ सवारीसाधनमाथि कारबाही गरेको छ।

    images
    images

    ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको दैनिक विवरणअनुसार मिति २०८३ असोज २८ गते बिहान ६ बजेसम्मको अवधिमा विभिन्न कसुरमा सवारीसाधनमाथि कारबाही गरिएको हो।

    विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४७ जना, सिसिटिभीबाट पहिचान भएका २३ जना तथा रेड लाइट उल्लङ्घन गर्ने २३ जनामाथि कारबाही गरिएको छ। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ६६ जना र हर्न निषेधको नियम उल्लङ्घन गर्ने ८ जनामाथि कारबाही गरिएको छ।

    images
    images

    यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ९ जना, अन्य ट्राफिक नियम उल्लङ्घनसम्बन्धी कसुरमा ४४९ जना तथा एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने २ जनामाथि कारबाही गरिएको विवरणमा उल्लेख छ। अन्य कसुरको शीर्षकअन्तर्गत ३१ जना कारबाहीमा परेको पनि विवरणमा देखिन्छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न ट्राफिक नियमको पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै आएको छ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend