काठमाडौं । बुधबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२१ अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा बन्द भएको नेप्से बुधबारको प्रि–ओपन सेसनमा पनि उकालो लागेको हो।
उपलब्ध विवरणअनुसार बुधबार प्रि–ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले बढेको छ।
यस सेसनमा ५७ वटा स्टकको ८५ पटक कारोबार भएको छ। उक्त कारोबारमा कुल ३ हजार १२३ कित्ता सेयर खरिदबिक्री हुँदा १२ लाख ५२ हजार ५३९ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।
१९ स्टकको मूल्य बढ्दा ३१ वटाको घट्यो
बुधबारको प्रि–ओपन सेसनमा कारोबार भएका स्टकमध्ये १९ वटाको मूल्य बढेको छ भने ३१ वटाको मूल्य घटेको छ। त्यस्तै, सात वटा स्टकको मूल्य स्थिर रहेको छ।
समग्रमा नेप्से परिसूचक बढे पनि कारोबार भएका स्टकमध्ये मूल्य घट्नेको संख्या बढ्नेको भन्दा बढी देखिएको छ। प्रि–ओपन सेसनमा देखिएको यो उतारचढावले बजारमा मिश्रित प्रवृत्ति रहेको संकेत गर्छ।




.gif)





