काठमाडौं । साताको कारोबारको बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन बुधबार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक बिहीबार प्रि(ओपन सेसनमा ०.१५ अंकले बढेर २६२१.४१ विन्दुमा पुगेको हो। यद्यपि, सोही अवधिमा सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले घटेको छ।
५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार
बिहीबारको प्रि ओपन सेसनमा ५३ वटा स्टकको ९० पटक कारोबार भएको छ। उक्त अवधिमा कुल ५४ हजार ७२८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ करोड २ लाख ९३ हजार ५७८ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका स्टकमध्ये १५ वटाको मूल्य बढेको छ भने २९ वटाको मूल्य घटेको छ। बाँकी ९ वटा स्टकको मूल्य भने स्थिर रहेको छ।
प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढे पनि अधिकांश कारोबार भएका स्टकको मूल्य घटेको देखिएको छ। अब नियमित कारोबारमा बजारले कस्तो गति लिन्छ भन्ने लगानीकर्ताको चासो रहनेछ।




.gif)





