images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले...

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

images
images
बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • काठमाडौँ, २८ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढेर दुई हजार ६२१ दशमलव २६ मा पुगेको छ ।

    images
    images

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव ६३ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अङ्कले बढेर १६० दशमलव ६८ मा पुगेको छ । 

    आज विभिन्न कम्पनीका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर रु  चार अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१  खरिदबिक्री भएका छन् ।  

    images
    images

    तेह्र वटै उपसमूहमध्ये सबै उपसमूह बढेका छन् । आज १८८ कम्पनीको शेयर बढ्यो भने ८० कम्पनीको शेयर घट्यो । त्यसैगरी, नौ कम्पनीको शेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज एसबिएल डिबेञ्चर, नेपाल एसबिआई बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सगरमाथा जलविद्युत् कम्पनी, एभरेष्ट कलर र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend