images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • नेप्से ४ अंकले बढ्यो, ४ अर्ब...

नेप्से ४ अंकले बढ्यो, ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार

नेप्से ४ अंकले बढ्यो, ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार

images
images
सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • काठमाडौँ। साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजार सामान्य अंकले बढेको छ । गत साता पनि सामान्य बढेको बजार यो साताको पहिलो दिन नै बजारमा सुधार देखिएको हो । आज सेयर बजार परिसूचक ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १०५ कम्पनीको सेयर बजार बढेको छ । आज ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    आज सेन्सेटिभ इन्डेक्स पनि १.९६ अंकले बढेर ४६७.८१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ । परिसूचक सामान्य बढेको दिन नेप्सेमा करिब साढे ४ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३५४ कम्पनीका १ करोड २७ लाख १९ हजार ७३४ कित्ता सेयर ४९ हजार ८०९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend