images

२०८३ मंसिर १२ गते

images
images
images
  • शेयर
  • छिमेक लघुवित्तले बोलायो २५औँ साधारणसभा, सेयरधनीलाई...

छिमेक लघुवित्तले बोलायो २५औँ साधारणसभा, सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव

छिमेक लघुवित्तले बोलायो २५औँ साधारणसभा, सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस ६ गतेका लागि २५ औँ वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ११.९६३१ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २२ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend