images

२०८३ मंसिर १२ गते

images
images
images
  • शेयर
  • नेपाल पुनर्बीमा कम्पनीले १६.९१७६ प्रतिशत हकप्रद...

नेपाल पुनर्बीमा कम्पनीले १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

नेपाल पुनर्बीमा कम्पनीले १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ ।  नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पुँजी पुर्‍याउनका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल चुक्ता पूँजी २० अर्ब रुपैयाँ पु¥याउने प्रयोजनका लागि करिब १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । 

    images
    images

    मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । कम्पनीमा रहेको नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत सेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट हकप्रद सेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागिएको हो ।आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ ।कम्पनीले पुस ६ गतेका लागि वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । उक्त सभा कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend