images

२०८३ आश्विन २९ गते

images
images
images
  • अन्य
  • कांग्रेसको १५औँ महाधिवेशनको मतगणना आज रातिसम्म...

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना आज रातिसम्म सकिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना आज रातिसम्म सकिने

images
images
बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ।

    images
    images

    Max tiger prize.jpg

    निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बिहीबार रातिसम्म सबै पदको मतपरिणाम सार्वजनिक भइसक्ने जानकारी दिएका छन्। उनका अनुसार सभापति, उपसभापति, महामन्त्री, दलित सहमहामन्त्री, खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा मुस्लिम सहमहामन्त्रीलगायतका पदको नतिजा सार्वजनिक भइसकेको छ।

    images
    images

    नेपाल जनसम्पर्क समिति र विभिन्न पेसागत समूहको मतगणना पनि सम्पन्न भइसकेको उनले बताए। अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणनाको काम निकै छिटो भइरहेको उनको भनाइ छ।

    सभापतिमा गगन थापा निर्वाचित महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन्। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।

    उपसभापतिको खुला समूहबाट डा। चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका छन् भने समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्।

    महामन्त्रीसहितका पदको नतिजा सार्वजनिक महामन्त्रीको खुला समूहबाट प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन्। महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएकी छन्।

    यसैगरी, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम पनि सार्वजनिक भइसकेको छ। केही क्लस्टरका महामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना भने अझै जारी रहेको निर्वाचन समितिले जनाएको छ।

    निर्वाचन समितिका अनुसार बाँकी पदको मतगणना सम्पन्न गरी बिहीबार रातिसम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्ने तयारी छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend