images

२०८३ आश्विन ३० गते

images
images
images

अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

अपाङ्गता भएका बालबालिकाका परिवारलाई सहयोग

images
images
बिहिवार, आश्विन २९ २०८३
बिहिवार, आश्विन २९ २०८३
  • रूपन्देही, २९ असोज । बालश्रम तथा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका बालबालिकाका परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ ।

    images
    images

    सिविन नेपालअन्तर्गत सञ्चालित बाल हेल्पलाइन, रुपन्देहीको बेन परियोजनामार्फत सिद्धार्थनगर नगरपालिकाका छ घरपरिवारलाई बुधबार खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको हो । आर्थिक अभावका कारण दैनिक जीविकोपार्जन तथा खानपानको व्यवस्था गर्न पनि कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी सहयोग गरिएको जनाइएको छ ।

    परियोजनामार्फत प्रतिपरिवार चामल, दाल, खानेतेल, नुन, मटर, चना, चिउरा र नुहाउने साबुन वितरण गरिएको थियो । आर्थिक अभावका कारण दैनिक आवश्यकता पूरा गर्न कठिनाइ भोगिरहेका अपाङ्गता भएका बालबालिका तथा उनीहरूका परिवारलाई खाद्यान्न सहयोगले दैनिक जीवनयापनमा राहत पुग्ने अपेक्षा गरिएको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले जानकारी दिईन । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend