काठमाडौं । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ योजना अन्तर्गत बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्।
कम्पनीको योजना अन्तर्गत क्यान खोल्दा प्राप्त हुने पुरस्कारमार्फत उनीहरूले स्कुटर र मोटरसाइकल जितेका हुन्।
यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल जितिसकेका छन्। त्यस्तै, सुर्खेतका किशोर जंग शाहले स्कुटर जितेका छन्।
हालसम्म योजनाअन्तर्गत पाँच जना विजेता घोषित भइसकेका छन्। योजनामा अझै विभिन्न पुरस्कार बाँकी रहेकाले सहभागीहरूले आगामी दिनमा पनि पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ।
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ योजनाले उपभोक्तालाई चाडपर्वको अवसरमा पुरस्कार जित्ने अवसर प्रदान गरेको छ।




.gif)





