images

२०८३ आश्विन २३ गते

images
images
images
  • कर्पोरेट
  • ओमोडा–जेइकुका ग्राहकलाई सिद्धार्थ बैंकमार्फत सवारी खरिद...

ओमोडा–जेइकुका ग्राहकलाई सिद्धार्थ बैंकमार्फत सवारी खरिद र सर्भिसमा विशेष छुट

ओमोडा–जेइकुका ग्राहकलाई सिद्धार्थ बैंकमार्फत सवारी खरिद र सर्भिसमा विशेष छुट

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं । ओमोडा एन्ड जेइकु तथा iCAUR सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच नेपाल प्रिमियर लिग सिजन ३ को अवसरमा ग्राहकलाई विशेष लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी भएको छ।यस साझेदारीअन्तर्गत सिद्धार्थ बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्नेछ। साथै, सिद्धार्थ बैंकमार्फत ओमोडा एन्ड जेइकुको सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले सवारीसाधन खरिदमा विशेष छुट प्राप्त गर्नेछन्।

    images
    images

    यो योजना सिजन ३ को अवधिभर लागू हुनेछ र नेपालभर रहेका सबै आधिकारिक ओमोडा एन्ड जेइकु डिलरशिप तथा सिद्धार्थ बैंकका शाखामार्फत उपलब्ध हुनेछ। यसले देशभरका ग्राहकलाई उक्त विशेष लाभ सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।यो साझेदारीले नेपाल प्रिमियर लिगमार्फत नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सक्रिय रूपमा योगदान गर्दै आएका दुई प्रमुख ब्रान्डलाई एकै ठाउँमा ल्याएको छ। सिद्धार्थ बैंक NPL को टाइटल स्पोन्सर तथा ओमोडा एन्ड जेइकु एनपीएलको को-स्पोन्सरका रूपमा सिजन ३ मा पनि आबद्ध छन्। दुवै ब्रान्ड एनपीएलको पहिलो सिजनदेखि नै यस प्रतियोगितासँग जोडिँदै क्रिकेटको विकास र प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएका छन्।

    यस साझेदारीले ओमोडा एन्ड जेइकुका सवारीसाधन खरिद तथा स्वामित्व अनुभवलाई थप लाभदायी बनाउने अपेक्षा गरिएको छ। सवारीसाधन खरिद, फाइनान्सिङ तथा सर्भिस चार्जमा विशेष लाभ उपलब्ध हुने भएकाले ग्राहकले एनपीएल सिजन ३3 को अवधिभर यस योजनाबाट लाभ लिन सक्नेछन्।नेपाल प्रिमियर लिगको सुरुवाती सिजनदेखि नै सहकार्य गर्दै आएका दुवै ब्रान्डले सिजन ३ मा पनि आफ्नो साझेदारीलाई निरन्तरता दिएका हुन्। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend