images

२०८३ मंसिर १२ गते

images
images
images
  • कर्पोरेट
  • सफ्टी हाइजिन लगातार दोस्रो वर्ष उत्कृष्ट...

सफ्टी हाइजिन लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता

सफ्टी हाइजिन लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • हेटौंडा । सफ्टी हाइजिन प्रा लि मकवानपुरमा लगातार दोस्रो वर्ष उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ।

    images
    images

    १५औँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८१।८२ को आयकरतर्फ कम्पनीलाई उत्कृष्ट करदाता सम्मान प्रदान गरेको हो।

    कम्पनीलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा उद्योग वाणिज्य संघ हेटौंडाका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाई लगायतले सम्मान गरेका थिए।

    images
    images

    कम्पनीका निर्देशक विजय पोखरेलले आर्थिक वर्ष २०८१।८२ मा लगातार दोस्रो वर्ष आयकरतर्फ उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्न सफल भएको जानकारी दिए।

    सम्मानपछि कम्पनीका अध्यक्ष यादव घिमिरेले कर तिर्नु कानुनी दायित्व मात्र नभई राष्ट्रको विकास र समृद्धिमा योगदान पुर्‍याउने महत्वपूर्ण माध्यम भएको बताए। कम्पनीले नाफा आर्जन गर्ने उद्देश्यसँगै राष्ट्र निर्माणमा योगदान पुर्‍याउने जिम्मेवार उद्योगका रूपमा आफूलाई स्थापित गर्न चाहेको उनको भनाइ थियो।

    उनले देशको आर्थिक समृद्धि सरकारको एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै सरकार, निजी क्षेत्र र नागरिक समाजबीच आपसी विश्वास, सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको बताए।

    सफ्टी हाइजिनले विगत ११ वर्षदेखि सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर तथा बेबी वाइप्स लगायतका उपभोक्तामाझ लोकप्रिय उत्पादन उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

    आगामी दिनमा उत्पादनको गुणस्तरमा थप सुधार गर्दै उपभोक्तामैत्री उत्पादनलाई प्राथमिकता दिने कम्पनीका निर्देशक पोखरेलले बताएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend