images

२०८३ मंसिर १२ गते

images
images
images
  • कर्पोरेट
  • कम्पनीहरूलाई कर तथा विवरण बुझाउन कम्पनी...

कम्पनीहरूलाई कर तथा विवरण बुझाउन कम्पनी रजिस्ट्रारको आग्रह,

कम्पनीहरूलाई कर तथा विवरण बुझाउन कम्पनी रजिस्ट्रारको आग्रह,

पुस मसान्तसम्म थपिएको समयको लाभ लिन अनुरोध

images
images
शुक्रवार, मंसिर ४ २०८३
शुक्रवार, मंसिर ४ २०८३
  • काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले आर्थिक वर्ष २०८२।८३ सम्मको विवरण तथा कर, शुल्क, दस्तुर र जरिवाना बुझाउन बाँकी रहेका कम्पनीहरूलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको छ।

    images
    images

    कार्यालयले सूचना जारी गर्दै कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूलाई आर्थिक वर्ष २०८२।८३ सम्मको कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला गर्न अनुरोध गरेको हो।

    नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०८३।०७।०९ को निर्णयअनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम कम्पनीहरूले आर्थिक ऐन, २०८३ को दफा ४८ अनुसार लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला नगरेको भए आर्थिक वर्ष २०८२।८३ सम्मको रकम बुझाउनुपर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

    images
    images

    कार्यालयका अनुसार विवरण तथा फाइलहरू पेस गर्ने प्रवृत्ति अन्तिम समयमा बढ्दा अनलाइन प्रणालीमा अत्यधिक चाप पर्ने र सेवा प्रवाहमा अवरोध आउन सक्ने अवस्था देखिएको छ।

    यसलाई मध्यनजर गर्दै कम्पनी रजिस्ट्रारको कार्यालयले सम्बन्धित सबै कम्पनीलाई आवश्यक विवरण समयमै अनलाइन प्रणालीमार्फत पेस गर्न आग्रह गरेको छ।

    कार्यालयले कम्पनीहरूको विवरण पेस गर्ने प्रयोजनका लागि सञ्चालनमा रहेको CAMIS प्रणालीमार्फत आवश्यक विवरण पेस गरी कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी सुविधाको लाभ लिन पनि अनुरोध गरेको छ।

    सूचनामा सम्बन्धित कम्पनीहरूलाई थप गरिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। कार्यालयले अन्तिम समयमा मात्रै विवरण पेस गर्ने प्रवृत्तिका कारण प्रणालीमा समस्या आउन सक्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएको छ।

    कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना अधिकारी निर्माणकुमार कार्कीले जारी गरेको सूचनामा कम्पनीहरूले अनलाइन प्रणालीमार्फत विवरण पेस गरी उपलब्ध सुविधाको लाभ लिनुपर्ने उल्लेख छ।

    स्रोतः कम्पनी रजिस्ट्रारको कार्यालय।

    May be an image of blueprint and text

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend