images

२०८३ मंसिर १२ गते

images
images
images
  • कर्पोरेट
  • कोशीमा पूर्वाधार विकासका लागि निफ्रासँग सम्झौता,...

कोशीमा पूर्वाधार विकासका लागि निफ्रासँग सम्झौता, दुहबीमा ५६ करोडको फोहोर प्रशोधन परियोजना बन्ने

कोशीमा पूर्वाधार विकासका लागि निफ्रासँग सम्झौता, दुहबीमा ५६ करोडको फोहोर प्रशोधन परियोजना बन्ने

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • विराटनगर । कोशी प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बिच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।सोमबार विराटनगरस्थित बिग होटलमा आयोजित एक विशेष समारोहका बिच उक्त समझदारी भएको हो ।कोशी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश लगानी प्राधिकरणका अध्यक्ष हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता र निफ्राका अध्यक्ष महेश प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न समारोहमा प्राधिकरणका तर्फबाट प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

    images
    images

    एक वर्षको अवधि रहने यस समझदारीपत्रमा मुख्य रूपमा चारवटा क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।जसमा कोशी प्रदेशमा प्राविधिक र आर्थिक रूपमा सम्भाव्य पूर्वाधार आयोजनाहरूको पहिचान गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी) तथा निजी क्षेत्रको सहभागितामा कार्यान्वयन गर्न दुवै पक्षबिच सहकार्य प्रवर्द्धन गरिने उल्लेख छ । यस्तै सरोकारवालाहरूले पहिचान गरेका सम्भाव्य पूर्वाधार आयोजनाहरूमा वित्तीय व्यवस्थापन (फाइनान्सियल मोडलिङ), वित्तीय सम्भाव्यता मूल्याङ्कन तथा ज्ञान र विकास साझेदारहरूलाई संलग्न गराई आवश्यक प्राविधिक सहयोगका सम्भावनाहरूको अन्वेषण गरिनेछ ।समझदारी अनुसार प्रदेश लगानी प्राधिकरणले प्रस्तावित आयोजनाहरूको सूची तयार गर्ने, विकासकर्ता तथा सरोकारवालाहरूको सहभागिताका लागि आवश्यक व्यवस्था मिलाउने र आयोजनाको सुरुवाती चरणदेखि नै निफ्रालाई वित्तीय विश्लेषणमा संलग्न गराउनेछ ।

    त्यस्तै, निफ्राले आयोजनाको प्रारम्भिक छनोट, वित्तीय सम्भाव्यता मूल्याङ्कन गर्नुका साथै प्राविधिक रूपमा सम्भाव्य ठहरिएका आयोजनामा वित्तीय सल्लाहकार वा प्रमुख व्यवस्थापक (लिड एरेन्जर) को भूमिका निर्वाह गर्न सक्नेछ ।सोही समारोहमा सुनसरीको दुहबी नगरपालिकास्थित फोहोरमैला प्रशोधन तथा व्यवस्थापनसम्बन्धी परियोजना (सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट) मा कर्जा लगानी गर्नेसम्बन्धी छुट्टै समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त परियोजनाको विकासकर्ता रिभाइभ इन्फ्राटेक एण्ड इन्भेष्टमेन्ट प्रा.लि., काठमाडौँ र निफ्राबिच कर्जा लगानीसम्बन्धी समझदारी सम्पन्न भएको हो । ५६ करोडको लगानीमा १६ बिघा जग्गामा उक्त परियोजना निर्माण हुन लागेको हो ।यसअघि पनि धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटार स्काई वाक परियोजनामा विकासकर्ता वन्डर्स एमुन्जमेन्ट पार्क एण्ड एट्राक्सन्स प्रा.लि.ले निफ्राकै कर्जा लगानीमा निर्माण सम्पन्न गरी हाल सञ्चालनमा ल्याइसकेको छ ।कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगर र दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले परियोजनाको आवश्यकता, सम्भावना र अपेक्षाबारे धारणा राखेका थिए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पनि आफ्नो धारणा राखेका थिए ।

    images
    images

    यस समझदारीले कोशी प्रदेशमा लगानीमैत्री वातावरण तयार पार्दै पूर्वाधार विकासलाई तीव्रता दिन र प्रदेशको समग्र आर्थिक तथा सामाजिक प्रगतिमा महत्त्वपूर्ण टेवा पुऱ्याउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।लगानी प्राधिकरण कोशीका कार्यकारी प्रमुख डा. सरोज कोईरालाले निफ्राले कोशीका कम्तीमा ५ वटा आयोजनामा लगानी गर्नुपर्ने धारणा राखे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend