images

२०८३ आश्विन २२ गते

images
images
images
  • कर्पोरेट
  • नेपाली शेफ सोसाइटीको अध्यक्षमा एल.बी. कौसल,...

नेपाली शेफ सोसाइटीको अध्यक्षमा एल.बी. कौसल, नयाँ नेतृत्व सर्वसम्मत

नेपाली शेफ सोसाइटीको अध्यक्षमा एल.बी. कौसल, नयाँ नेतृत्व सर्वसम्मत

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौ । नेपाली शेफ सोसाइटीको अधिवेशनले एल.बी. कौसलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनबाट महासचिवमा गिरिराज भट्टसहित पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन्।

    images
    images

    नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बसन्त राई, उपाध्यक्षमा चन्द्र घले, महासचिवमा गिरिराज भट्ट, सचिवमा भरत सुनुवार, कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा प्रहलाद के.सी. चयन भएका छन्।

    त्यस्तै, सदस्यहरूमा गोपाल भट्टराई, हस्तबहादुर तामाङ, साधुराम चौलागाईं, मदनप्रसाद सिम्खडा, मनोज सिल्वाल, अर्जुन मगर, रिम पन्त र पूर्ण श्रेष्ठ रहेका छन्।

    images
    images

    अधिवेशनबाट शिवहरि घिमिरे र सुरेश थापा सल्लाहकारमा चयन भएका छन्। पदेन सदस्यतर्फ चितवनबाट बाबुशरण श्रेष्ठ, गण्डकीबाट पूर्णभक्त ढकाल र कोशीबाट रमेश थापा रहेका छन्।

    नवनिर्वाचित नेतृत्वले नेपाली पाककलाको प्रवर्द्धनसँगै शेफहरूको पेशागत विकास, सीप तथा क्षमता अभिवृद्धि र पेशागत हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।

    सोसाइटीले नेपाली शेफहरूको पेशागत सम्मान र पहिचान स्थापित गर्ने, सीप तथा क्षमता विकासका अवसर विस्तार गर्ने, पाककला क्षेत्रलाई थप व्यवस्थित बनाउने तथा नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

    अधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत हुनुले संस्थाभित्रको एकता, सहकार्य र साझा प्रतिबद्धतालाई थप बलियो बनाएको सहभागीहरूले बताएका छन्। नयाँ नेतृत्वले देशभरका शेफ तथा होटल–आतिथ्य क्षेत्रमा आबद्ध पेशाकर्मीलाई संस्थासँग जोड्दै संगठनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    नेपाली शेफ सोसाइटीले देश तथा विदेशमा रहेका नेपाली शेफ, पाककला क्षेत्रका पेशाकर्मी, प्रशिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई संस्थासँग सहकार्य र सक्रिय सहभागिताका लागि आह्वान गरेको छ

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend