काठमाडौँ । कुमारी बैंक लिमिटेड र काठमाडौंको ठमेलस्थित रमदा अन्कोर होटलबीच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटलको खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, होटलका विभिन्न सेवा सुविधा उपयोग गर्दा ग्राहकलाई किस्ताबन्दीको सुविधा समेत उपलब्ध गराइने बैंकले जनाएको छ।
वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन्। पारिवारिक जमघट तथा विभिन्न कार्यक्रमका लागि समेत केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको रुम निःशुल्क प्राप्त गर्ने सुविधा पाउनेछन्। ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुट उपलब्ध गराइने भएको छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ।
बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सहज र उत्कृष्ट सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न क्षेत्रका संस्थासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




.gif)





