images

२०८३ आश्विन १५ गते

images
images
images
  • कर्पोरेट
  • हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच...

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बिच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकमान्तर) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे नेटवर्कमा आबद्ध भई स्मार्टपे आईबीएफटीमार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन गर्नेछ। यस सेवाले बैंकका ग्राहकहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका अन्य खाताबिच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम आदानप्रदान गर्न थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ। 

    images
    images

    एससीटीद्वारा विकास तथा सञ्चालन गरिएको स्मार्टपे आईबीएफटी रकम स्थानान्तरणसम्बन्धी सेवा हो, जसले सहभागी बैंक तथा वित्तीय संस्था, वालेट तथा रेमिट्यान्स कम्पनीहरूबिच डिजिटल माध्यमबाट रकम स्थानान्तरणलाई सहजीकरण गर्दै आएको छ। यस सेवाले विभिन्न क्षेत्रबिच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन तथा वित्तीय पहुँचको अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend