images

२०८३ आश्विन १७ गते

images
images
images

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

images
images
शनिवार, आश्विन १७ २०८३
शनिवार, आश्विन १७ २०८३
  • काठमाडौँ, १७ असोज । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ । 

    images
    images

    महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ ।

    विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रुपमा अनुगमन गरिरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend