images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने...

रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज असोज २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २३ गते एक दिन बुकक्लोज गर्ने जनाएको छ।त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको पाँचौँ वार्षिक साधारण सभामा सहभागी हुन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    कम्पनीले कात्तिक १७ गते ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा वार्षिक साधारण सभा आयोजना गर्दैछ। बिहान १० बजे सुरु हुने सभाले चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि निर्णय गर्नेछ।कम्पनीका अनुसार उक्त दरअनुसार कुल १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गरिनेछ। यो रकममा लाभांशबापत लाग्ने करसमेत समावेश छ।सभामा दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ।

    त्यस्तै, १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत् उत्पादन सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend