images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको १ लाख कित्ता सेयर...

कुमारी बैंकको १ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

कुमारी बैंकको १ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं। कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको उक्त सेयर संस्थापकले आवेदन नदिए पछि आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो ।उक्त सेयर खरिद गर्न इच्छुक व्यक्त वा संस्थाले १५ दिन भित्र आवेदन दिनु पर्ने छ । संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुका लागि सूचना प्रकाशित गरिएको थियो । तर, विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएको हुँदा संस्थापक भन्दा बाहिर सर्वसाधारणहरुबाट उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणका लागि सूचना जारी गरिएको बैंकले जनाएको छ ।

    images
    images

    सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं – २, टंगालमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ । उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend