images

२०८३ आश्विन २२ गते

images
images
images
  • शिक्षा
  • त्रिविको ६४औँ ग्रेस लिस्टमा ९५ हजार...

त्रिविको ६४औँ ग्रेस लिस्टमा ९५ हजार ५४० विद्यार्थी, पौषमा दीक्षान्त समारोह हुने तयारी

त्रिविको ६४औँ ग्रेस लिस्टमा ९५ हजार ५४० विद्यार्थी, पौषमा दीक्षान्त समारोह हुने तयारी

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । ​त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकका अवसरमा रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले ६४ औँ ग्रेस लिस्टको संक्षिप्त विवरण प्रस्तुत गरेका छन् । प्रधानमन्त्री एवं त्रिविका कुलपति बालेन्द्र शाहको अध्यक्षतामा आयोजित उक्त बैठकमा प्रस्तुत विवरण अनुसार २०८२ असार १ गते देखि २०८३ असार मसान्त सम्म ट्रान्सक्रिप्ट लिएका जम्मा ९५,५४० जना विद्यार्थीहरू यस ग्रेस लिस्टमा समावेश रहेका छन्। कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन्।  

    images
    images

    ​विभिन्न सङ्काय तथा अध्ययन संस्थानगत रूपमा हेर्दा सबैभन्दा बढी व्यवस्थापन सङ्कायमा ४३,१४२ जना विद्यार्थी रहेका छन्। त्यसैगरी शिक्षाशास्त्र सङ्कायमा १६,५३३, मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा १५,४४१, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६,६८८, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा ५,९६०, कानुन सङ्कायमा ३,००१, चिकित्साशास्त्र अध्ययन संस्थानमा १,९२०, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४६३ तथा वन विज्ञान अध्ययन संस्थानमा १९२ जना जनशक्ति उत्पादन भएका छन्। तहगत रूपमा स्नातक तहमा ७२,४०४, स्नातकोत्तरमा २२,५३३, एम.फिल.मा २५३, पिजीडिएसमा १६४ र विद्यावारिधिमा १६६ जना रहेका छन्।  

    ​ग्रेस लिस्टमा अटाएका र आज उपाधि प्रदान गर्न अनुमति पाएका विद्यार्थीहरूका लागि आगामी २०८३ साल पौष महिनामा मूल दीक्षान्त समारोह काठमाडौँमा आयोजना गरिने जानकारी दिइएको छ। साथै, उक्त दीक्षान्त कार्यक्रमलाई देशका सातै वटा प्रदेशमा समेत आयोजना गर्ने गरी आवश्यक तयारी भइरहेको रजिष्ट्रार डा. शिवाकोटीले जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend