images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • ब्रिटिस एजुकेसन ग्रुपको ‘क्लास अफ २०२६’...

ब्रिटिस एजुकेसन ग्रुपको ‘क्लास अफ २०२६’ संयुक्त दीक्षान्त समारोह सम्पन्न

ब्रिटिस एजुकेसन ग्रुपको ‘क्लास अफ २०२६’ संयुक्त दीक्षान्त समारोह सम्पन्न

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) ले सोल्टी काठमाडौँमा आयोजित संयुक्त दीक्षान्त समारोहमार्फत आफ्नो ‘क्लास अफ २०२६’ का विद्यार्थीहरूको उपलब्धि उत्सवका रूपमा मनाएको छ । समूहअन्तर्गतका चारवटै संस्थाका स्नातक, अभिभावक, प्राध्यापक तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।द ब्रिटिस कलेज (टीबीसी) को १२औँ दीक्षान्त समारोहलाई समूहस्तरीय उत्सवका रूपमा आयोजना गरिएको थियो । समारोहमा द ब्रिटिस कलेज, ब्रिटिस इन्टरनेसनल कलेज, ब्रिटिस मोडल कलेज र ब्रिटिस प्रोफेसनल कलेजका स्नातक विद्यार्थीहरू सहभागी थिए ।

    images
    images

    ए लेभलदेखि व्यावसायिक योग्यताका साथै व्यवसाय, कम्प्युटिङ, सूचना प्रविधि र लेखा विषयका विभिन्न स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई कार्यक्रममा सम्मान गरियो । यसअन्तर्गत एक्जिक्युटिभ एमबीए, एमबीए, एमएससी आईटी, एमएससी एडभान्स्ड कम्प्युटर साइन्स, एमएससी प्रोफेसनल एकाउन्टेन्सी, एसीसीए, बीबीए, बीएससी (अनर्स) कम्प्युटिंग, बीएससी (अनर्स) साइबर सिक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स तथा ए लेभलका विद्यार्थीहरू सम्मिलित थिए ।दुई सत्रमा विभाजित समारोहमा विद्यार्थीहरूले समूहका अन्तर्राष्ट्रिय शैक्षिक साझेदारहरू लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड (यूडब्ल्यूई), कील युनिभर्सिटी, युनिभर्सिटी अफ लन्डन, एसीसीए र क्याम्ब्रिज इन्टरनेसनलबाट आफ्ना उपाधि तथा योग्यता प्राप्त गरे ।स्नातक विद्यार्थीहरूको शैक्षिक जुलुसबाट सुरु भएको कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रगान गाइएको थियो । त्यसपछि ब्रिटिस एजुकेसन ग्रुपका प्रमुख कार्यकारी अधिकृत (ग्रुप सीईओ) राजेन कंडेलले परम्परागत पानस बालेर १२औँ दीक्षान्त समारोहको औपचारिक उद्घाटन गरे ।

    समारोहलाई सम्बोधन गर्दै सीईओ कंडेलले भने, “क्लास अफ २०२६ ले टीबीसीका ४,००० भन्दा बढी र ब्रिटिस एजुकेसन ग्रुपका १०,००० भन्दा बढी स्नातक रहेको फराकिलो अल्युम्नाइ सञ्जालमा आफूलाई जोडेका छन् । थप अध्ययन, व्यावसायिक करिअर र नयाँ अवसरतर्फ अघि बढ्दा पनि कलेज र एकअन्तर्गतका सदस्यहरूसँग निरन्तर जोडिइरहन आग्रह गर्दछु ।” उनले विद्यार्थीहरूको निरन्तरको मिहिनेत, परिवार तथा प्राध्यापकहरूको सहयोगप्रति आभार व्यक्त गरे ।कार्यक्रममा द ब्रिटिस कलेजका सल्लाहकार पल क्लिभ्स एमबीई तथा बेलायतस्थित भुटानका प्रथम मानार्थ महावाणिज्यदूत एवं टीबीसीका पूर्व सल्लाहकार माइकल रटल्यान्ड ओबीईले स्नातकहरूलाई उनीहरूको शैक्षिक तथा व्यावसायिक जीवनको सफलताको शुभकामना दिए । लिड्स बेकेट युनिभर्सिटीका वरिष्ठ प्रवक्ता डेभ चेस्ली विश्वविद्यालयको शैक्षिक साझेदारीको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।

    images
    images

    त्यस्तै अन्तर्राष्ट्रिय शैक्षिक समुदायका तर्फबाट युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डका उपकुलपति प्रोफेसर स्टिभ वेस्ट सीबीई, कील युनिभर्सिटीका उपकुलपति प्रोफेसर केभिन शेकशेफ र युनिभर्सिटी अफ लन्डनका साइमन क्लियरीले भिडियो सन्देशमार्फत बधाई ज्ञापन गरे ।समारोहमा शैक्षिक उपाधि वितरणका साथै उत्कृष्ट विद्यार्थीहरूलाई ‘एक्सलेन्स अवार्ड्स’ प्रदान गरियो । विभिन्न कार्यक्रमका विद्यार्थी प्रतिनिधिहरूले आफ्ना नुभव र स्नातकसम्मको यात्राबारे भनाइ राखेका थिए ।द ब्रिटिस कलेजका कन्ट्री डाइरेक्टर अरुण कंडेलको धन्यवाद ज्ञापनपछि औपचारिक कार्यक्रम समापन भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend