images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ५० हजार रुपैयाँ घुस लिएको आरोपमा...

५० हजार रुपैयाँ घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध मुद्दा दायर

५० हजार रुपैयाँ घुस लिएको आरोपमा विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध मुद्दा दायर

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत यादवले गार्मेन्ट उद्योगमा २० केभीए क्षमताको विद्युत् लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    images
    images

    अख्तियारका अनुसार अनुसन्धानका क्रममा यादवले आफ्नो पद तथा जिम्मेवारी बहन गर्ने क्रममा सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडान गर्नुपर्ने काममा बदनियतपूर्ण तवरले ढिलासुस्ती गरी अनावश्यक दुःख–हैरानी दिएको पुष्टि भएको छ ।सेवाग्राहीलाई घुस दिन बाध्य पारी विद्युत् लाइन जडान तथा उक्त कार्यमा सहजीकरण गरे–गराएबापत ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय तथा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर ५० हजार रुपैयाँ जरिवाना सजाय हुन मागदाबी गरेको छ ।आयोगले बिगो ५० हजार रुपैयाँ कायम गरी सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend