images

२०८३ आश्विन १५ गते

images
images
images
  • शिक्षा
  • त्रिवि सिनेट बैठक असोज २२ मा,...

त्रिवि सिनेट बैठक असोज २२ मा, नीति तथा बजेट पारित गर्ने तयारी

त्रिवि सिनेट बैठक असोज २२ मा, नीति तथा बजेट पारित गर्ने तयारी

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने भएको छ । त्रिविको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न असोज २२ गते बैठक बस्न लागेको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारिले जानकारी दिए । २०८३ असारभित्रै बसिसक्नुपर्ने त्रिवि सभा बैठक अहिलेसम्म बस्न सकेको थिएन । यसले गर्दा सभाबाट पारित हुनुपर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेट अगाडि बढ्न नसकी अन्योल सिर्जना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति दीपकराज जोशीले बताए ।

    images
    images

    ​त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद-१७ मा सभाको वार्षिक दिवस बैठक तथा साधारण बैठक बस्ने मितिभन्दा कम्तीमा १५ दिन अगावै सूचना, कार्यसूची र प्रस्तावहरू सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था छ। तर, असोज २२ गतेका लागि भनिएको त्रिवि सभा बैठकबारे सदस्यहरूलाई हालसम्म कुनै औपचारिक जानकारी समेत नगराइएको  जोशीको भनाइ छ।  ​विश्वविद्यालयको ग्रेस लिस्ट हजारौँ विद्यार्थीको वर्षौँको अध्ययन, परिश्रम र शैक्षिक यात्रासँग जोडिएको महत्त्वपूर्ण प्रक्रिया हो। विद्यार्थीले आफ्नो मेहनतले हासिल गरेको उपाधि औपचारिक रूपमा स्वीकार गर्ने प्रक्रिया, नीति तथा कार्यक्रम र बजेटजस्ता गम्भीर विषयलाई हल्का रूपमा लिँदै नियमित प्रक्रिया छलेर ल्याउन खोज्नुले प्राज्ञिक थलोको मर्यादामाथि प्रहार गरेको उनले उल्लेख गरे।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend