images

२०८३ कार्तिक २९ गते

images
images
images
  • शिक्षा
  • विद्यालयमा अनुगमन तीव्र, शैक्षिक गुणस्तर सुधारमा...

विद्यालयमा अनुगमन तीव्र, शैक्षिक गुणस्तर सुधारमा जोड

विद्यालयमा अनुगमन तीव्र, शैक्षिक गुणस्तर सुधारमा जोड

images
images
सोमवार, कार्तिक २३ २०८३
सोमवार, कार्तिक २३ २०८३
  • नारायणगढ (चितवन), २३ कात्तिक । चितवनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्ला दिनमा विद्यालय अनुगमनलाई तीव्रता दिएको छ ।

    images
    images

    जिल्लाका केही विद्यालयमा अनुगमनका क्रममा शैक्षिक गुणस्तरभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक र कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित भएको पाइएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न अनुगमनलाई प्राथमिकता दिइएको बताएका छन् । उनका अनुसार गत भदौ २१ गते जिम्मेवारी सम्हालेपछि विद्यालय अनुगमन सुरु गरिएको हो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई आफ्नो जिम्मेवारी र कानुनले तोकेको कार्यक्षेत्रबारे अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।
     
    अनुगमनका क्रममा शिक्षक तथा प्रधानाध्यापकले कक्षाकोठाको शिक्षण अभ्यास अवलोकन गरी प्राविधिक सहयोग गर्न सुझाव दिएको उनले जानकारी दिएका छन् । त्यसका लागि विज्ञसहितको टोली बनाएर विद्यालय अनुगमन गर्ने तयारी गरिएको उनको भनाइ छ ।

    images
    images

    पोखरेलले भने, “अनुगमनका क्रममा धेरै शिक्षक तथा प्रधानाध्यापक उत्साहित हुनुभएको छ । विद्यालयमा देखिएका समस्या समाधानका लागि प्राविधिक सहयोग गर्न उनीहरूले सुझाव दिएका छन् । विशेषगरी  कक्षाकोठा अवलोकन गरी शिक्षण सिकाइमा आवश्यक प्राविधिक सहयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।” उनका अनुसार अनुगमनको विवरण सम्बन्धित मन्त्रालय तथा विभागमा पठाइएको छ।

    विद्यालय अनुगमनमा स्थानीय तहसँग पनि समन्वय गरिएको उनले बताएका छन् । अनुगमनका क्रममा राजनीतिक हस्तक्षेपको अनुभूति नभएको उल्लेख गर्दै उनले शिक्षकबाट अनुगमनलाई निरन्तरता दिन र विद्यालयका समस्या पहिचान गरी सुझाव दिन आग्रह भएको बताएका छन् ।
     
    अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले आफूले थालेको कामलाई केही समयका लागि गरिएको देखावटी प्रयासका रूपमा व्याख्या गर्ने र नकारात्मक टिप्पणी गर्ने गरिएको पनि गुनासो गरेका छन् । यस्ता टिप्पणीले काम गर्ने उत्साहमा असर पर्ने उनको भनाइ छ ।

    चितवनमा सामुदायिक, संस्थागत र धार्मिक गरी ४९७ विद्यालय सञ्चालनमा छन् । इकाईका अनुसार जिल्लामा ३२५ सामुदायिक, १६५ संस्थागत र सात धार्मिक विद्यालय छन् ।  चितवन २०७१ सालमै साक्षर जिल्ला घोषणा भएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend