images

२०८३ आश्विन २० गते

images
images
images
  • कर्पोरेट
  • कुमारी बैंक र महिला उद्यमी महासंघबीच...

कुमारी बैंक र महिला उद्यमी महासंघबीच महिला आर्थिक सशक्तीकरणका लागि साझेदारी

कुमारी बैंक र महिला उद्यमी महासंघबीच महिला आर्थिक सशक्तीकरणका लागि साझेदारी

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच महिलाको दिगो आर्थिक सशक्तीकरण प्रवर्द्धनका लागि साझेदारी भएको छ । बैंकले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महासंघसँग सम्झौता गरेको हो । यस साझेदारीको मुख्य उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन गर्नु रहेको छ ।

    images
    images

    सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो सहकार्य महिला नेतृत्वका व्यवसाय तथा उद्यमका लागि आवश्यक सहयोगी पारिस्थितिक प्रणालीलाई सुदृढ बनाउने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ । साझेदारीअन्तर्गत महिला उद्यमीहरूको जिम्मेवार वित्तमा पहुँच, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजारका अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता विस्तारमा विशेष ध्यान दिइनेछ ।यस सहकार्यले महिला नेतृत्वका उद्यमहरूले सामना गरिरहेका वित्तीय चुनौती सम्बोधन गर्दै उनीहरूको वृद्धि तथा उत्थानशीलता अभिवृद्धि गर्न नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा अन्य जोखिम साझेदारी संयन्त्रहरू लगायतका नवीन वित्तीय उपायको सम्भावना खोजी गर्नेछ ।

    कुमारी बैंकका दिगो बैंकिङ्ग विभाग प्रमुख अर्पण पौडेलले यो साझेदारीले समावेशी तथा दिगो वित्त प्रवर्द्धन गर्दै महिला उद्यमीहरूको वित्त, बजार र ज्ञानमा पहुँच विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए । सहकार्यअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा सरोकारवालासँगको संलग्नताका लागि आवश्यक संयन्त्रहरू समेत विकास गरिनेछ । उद्यम वृद्धि, वित्तमा पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना तथा दिगो व्यावसायिक अभ्यासलाई यस पहलका प्रमुख क्षेत्रका रूपमा अघि बढाउने योजना छ । यस साझेदारीले नेपालभर महिला उद्यमी तथा महिला नेतृत्वका उद्यमका लागि व्यावहारिक, विस्तारयोग्य र दिगो अवसर सिर्जना गर्ने दुवै संस्थाको साझा प्रतिबद्धतालाई उजागर गर्दछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend