images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट सौर्य ऊर्जा...

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट सौर्य ऊर्जा परियोजनामा वित्तीय व्यवस्थापन

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट सौर्य ऊर्जा परियोजनामा वित्तीय व्यवस्थापन

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन भएको छ।बैंकको एकल लगानीमा सम्पन्न भएको यस परियोजनामा बैंकले कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्ने छ। साथै, परियोजनाको निर्माण अवधि १.५ वर्ष रहने छ।

    images
    images

    २० मेगावाट क्षमताको यस ग्रिड आबद्ध सौर्य ऊर्जा परियोजनाले नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जाको उत्पादन क्षमता विस्तार गर्न तथा ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासलाई थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्‍याउने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय पहुँच विस्तार गर्दै आएको छ।

    यस परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु बैंकको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धताको निरन्तरताका रुपमा रहेको बैंकले जनाएको छ। माछापुच्छ्रे बैंक लिमिटेडले आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने परियोजनालाई प्राथमिकताका साथ वित्तीय सहयोग प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend