images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स क्यापिटलको २०औँ साधारणसभा सम्पन्न, १३...

सिटिजन्स क्यापिटलको २०औँ साधारणसभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

सिटिजन्स क्यापिटलको २०औँ साधारणसभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सोमबार सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    images
    images

    सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । संस्थाको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्तिलाई समेत सभाले अनुमोदन गरेको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिस्ट्रार तथा डिम्याट खातालगायत पूँजी बजारसम्बन्धी विभिन्न सेवा सञ्चालन गर्दै आएको छ ।

    कम्पनीमा कर्मचारी सञ्चय कोष तथा उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् । काठमाडौं उपत्यकाबाहिर रहेका लगानीकर्तालाई पूँजी बजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न सहज पहुँच उपलब्ध गराउने उद्देश्यले कम्पनीले सिटिजन्स बैंक इन्टरनेशनलका देशभरका विभिन्न शाखा कार्यालयमार्फत समेत विभिन्न सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend